नियम ३१
घर बिदा
: (१) चियाबगानमा काम गर्ने कामदार वा कर्मचारीले काम गरेको अवधिको तीस दिनको एक दिनको दरले पूरा तलबी घर बिदा पाउनेछ । कामदार वा कर्मचारीले यस्तो बिदामा बस्नु भन्दा अगावै बिदा स्वीकृत गराएको हुनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम कामदार वा कर्मचारीले पाउने घर बिदा बढीमा ६० दिन सम्म संचित गरी राख्न सकिनेछ ।
(३) यस नियम बमोजिम पाउने घर बिदा निर्धारण गर्ने प्रयोजनको निमित्त काम गरेको अवधि भन्नाले सो अवधि भित्र पर्ने साप्ताहिक बिदा, सार्वजनिक बिदा र अन्य तलबी बिदालाई समेत जनाउनेछ ।
(४) कुनै कामदार वा कर्मचारीले राजिनामा गरी नोकरी छाडेमा वा अरु कुनै प्रकारले अवकाश प्राप्त गरेमा निजको संचित रहे जति घर बिदाको निमित्त निजले खाईपाई आएको पछिल्लो तलबको दरले हुने एकमुष्ट रकम पाउनेछ ।